मण्डलामा ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन
प्रकाशित मिति: बिहिबार, चैत्र ०७, २०८१ | १७:१३:५३
चितवन, ०७ चैत । काठमाडौँको मण्डला थिएटरमा बुधवारदेखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ ।
महोत्सवको उद्घाटन सत्र पछि ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन भएको छ । पशुपति राईको निर्देशन एवं विजय बरालले निर्माणमा मञ्चन भएको यो नाटक हेर्नको लागि मण्डला थिएटरको हल हाउसफुल भएको थियो ।
लोककथाबाट प्रभावित भएर मिल्सन राईले लेखेको नाटकले माझ किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई पेस गर्छ । मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश गर्यो र यसले व्यवहारगत रूपमा कसरी आफ्नो विचार हाबी गरायो भन्ने कथासार नाटकले प्रस्तुत गरेको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०७, २०८१ |
१७:१३:५३
639