अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०८२ | १२:३८:४४
चितवन, १८ वैशाख । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको हो । हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन ।
पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख १८, २०८२ |
१२:३८:४४
485