‘हे’ डायलग अन्याय रोकिन्छ भन्ने संकेत हो : राजेश हमाल
चितवन, २७ वैशाख । अभिनेता राजेश हमाल ८ वर्षपछि उनी ‘नरसिंहा अवतार’बाट पर्दामा फर्किदैंछन् । फिल्मको ट्रेलर सार्वजनिक भएको छ र केही घण्टामै युट्युबको नेपाल ट्रेन्डिङमा छ ।
ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा हमाल मिडियासँग फिल्म र निजत्वबारे खुले । प्रश्नोत्तरको क्रममा उनलाई उनको बहुचर्चित डायलग ‘हे…’बारे सोधियो । नहोस् पनि किन, हमाल भन्ने वित्तिकै दर्शकले उनको यो डायलग सम्झिन्छन् ।
‘नरसिंहा अवतार’को ट्रेलरमा पनि यो डायलग समेटिएको छ । ‘हे’ डायलग राख्ने निर्णयबारे हमाललाई जब सोधियो, उनले यस्तो निर्णय निर्देशक दिवाकर भट्टराईले गरेको बताए । उनले ‘हे’ शब्द मात्र नभएर एउटा संकेत भएको पनि बताए ।
हमालले भने, ‘हे डायलग राख्ने कुरामा मैले त सोच्या पनि थिइन । खाली हे हे मात्र होइन । कि यसको गहिरो अर्थ छ । जहाँ अन्याय र अत्याचार भैरहेको छ, त्यहाँ मेरो चरित्र प्रकट भएर हे भनेपछि अन्याय र अत्याचार रोकिन्छ भन्ने संकेत हो । त्यसकारण यसको गहिरो माने छ ।’