दीपाश्री निरौला अब ‘परी’मा देखिने
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ | १७:१९:५५
चितवन, १७ जेठ । किरण केसी ‘रातामकै’ र दीपाश्री निरौलालाई शीर्ष भूमिकामा लिएर फिल्म ‘परी’ निर्माण हुने भएको छ ।
शुक्रबार कमलादी गणेश मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको हो । परीमा दीपाश्री महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
फिल्ममा रातामकै र दीपाश्रीसहित दिनेश डीसी, प्रियंक कार्की, दिग्विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलाको अभिनय हुनेछ ।
छायांकन जेठ २८ गतेदेखि दोलखा र तनहुँ आसपासमा हुनेछ ।
प्रकाशित मिति : शनिबार, जेठ १७, २०८२ |
१७:१९:५५
463