जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १४ जना पक्राउ
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ | १७:५०:४७
चितवन, २५ जेठ । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका– ३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक डम्बर समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।
उता, पोखरा महानगरपालिका–५ प्रस्याङस्थित साथीभाई खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१८ सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिनासमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो ।
प्रकाशित मिति : आइतबार, जेठ २५, २०८२ |
१७:५०:४७
375