१३ जना जुवाडे पक्राउ
प्रकाशित मिति: बिहिबार, जेठ २९, २०८२ | २०:१०:००
चितवन, २९ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिका-९ लुभुबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बेलुकी लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ४७ हजार ६ सय ३५ रुपैयाँ, १३ थान मोबाइल र तास ८ बुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बिहिबार, जेठ २९, २०८२ |
२०:१०:००
749