बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रकाशित मिति: आइतबार, आषाढ १५, २०८२ | १६:०३:४९
चितवन, १५ असार । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका अमृत गैरे भन्ने अमृत सार्कीलाई पक्राउ गरिएको हो ।
२३ वर्षीय गैरे बलात्कार मुद्दामा फरार थिए । प्रतिवादीलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ १५, २०८२ |
१६:०३:४९
2707
















