स्रोत नखुलेको डेढ करोड रकमसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ
प्रकाशित मिति: मंगलबार, आषाढ २४, २०८२ | १८:४७:०४
चितवन, २४ असार । काठमाडौँ महानगरपालिका–६ बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोड रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने ४० वर्षीय चिनियाँ नागरिक वाङ जियानलाई रु एक करोड ४४ लाखसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
स्रोत नखुलेको रकमसहित पक्राउ परेको उनलाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनको डेरा खानतलासी गर्दा उक्त रकम फेला परेको हो ।
प्रकाशित मिति : मंगलबार, आषाढ २४, २०८२ |
१८:४७:०४
2025























