सिनेमा हलमा अझै ‘म्यानुअल’ टिकट बिक्री
प्रकाशित मिति: शनिबार, भाद्र ०७, २०८२ | १२:४४:२१
चितवन, ०७ भदौ । सिनेमा हलमा अझै पनि म्यानुअल टिकट बिक्री हुने गरेको पाइएको छ । चलचित्र विकास बोर्डले गरेको अनुगमनका क्रममा म्यानुअल टिकट बिक्री गरेको फेला गरेको हो । साउन २९ गतेदेखि भदौ ४ गतेसम्म काठमाडौँ उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न जिल्लामा बोर्डले बक्सअफिस प्रणालीको अनुगमन गरेको थियो ।
बोर्ड सदस्य गणेश सुबेदीसहित २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पालगायत जिल्लाका ६० वटा चलचित्र घर अनुगमन गर्दा दुई वटा हलमा म्यानुल टिकट बिक्री गरेको पाइएको हो । बोर्डलाई जानकारी नदिई म्यानुअल टिकट बिक्री गरेकाले ती हललाई नियमानुसार कारबाही हुने बोर्डले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र ०७, २०८२ |
१२:४४:२१
3587

























