साफ यू–१७ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
प्रकाशित मिति: शुक्रबार, भाद्र १३, २०८२ | १०:२१:०७
चितवन, १३ भाद्र । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्तर्गत १७ वर्षमुनिका महिलाको प्रतियोगिता (यु–१७ च्याम्पियनसिप) मा आज नेपाल र भारत आमनेसामने हुँदैछन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार खेल नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ।
डबल राउन्ड रोबिन प्रणालीमा जारी प्रतियोगितामा भारत १२ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश ९ अंकका साथ दोस्रो स्थानमा रहेको छ। नेपालले हालसम्म ३ अंक मात्र हासिल गर्दै तेस्रो स्थानमा छ। कुनै जित निकाल्न नसकेको भुटान पुछारमा छ। प्रतियोगितामा भारत, नेपाल, बंगलादेश र भुटान गरी चार टिम सहभागी छन्।
खेल तालिकाअनुसार नेपालले भदौ १५ गते भुटानसँग अन्तिम खेल खेल्नेछ। उपाधि होडमा भने नेपाल बाहिरिसकेको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १३, २०८२ |
१०:२१:०७
3521






















