नेपाल र भियतनामबीचको खेल तटस्थ मैदानमा नहुने
प्रकाशित मिति: शनिबार, भाद्र २८, २०८२ | १३:४१:२१
चितवन, २८ भाद्र । नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दुवै खेल भियतनाममा खेल्ने तय भएको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले तटस्थ मैदानमा हुनुपर्ने दुवै खेल भियतनाममा हुने पुष्टि गरेको हो ।
छनोटअन्तर्गत नेपालले आफ्नो होम खेल स्वदेशमै खेल्नुपर्ने थियो । तर, एएफसीले काठमाडौँको दशरथ रंगशाला अयोग्य भएको जनाउँदै भियतनामसँगको खेलका निम्ति तटस्थ मैदान रोज्न भनेको थियो ।
योसँगै अब नेपालले छनोटको पहिलो खेल आगामी अक्टोबर ९ मा भियातनामको बंग डोङ रंगशाला र दोस्रो खेल थांगहात रंगशालामा आगामी अक्टोबर १४ मा खेल्नेछ ।
प्रकाशित मिति : शनिबार, भाद्र २८, २०८२ |
१३:४१:२१
3411






















