रामकृष्ण ढकालको पहलमा आन्दोलनका घाइतेलाई उपचार खर्च सहयोग
प्रकाशित मिति: मंगलबार, भाद्र ३१, २०८२ | १६:४०:१८
चितवन, ३१ भाद्र । गायक रामकृष्ण ढकालको समन्वयमा जेनजी आन्दोलनका घाइतेहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
गायक ढकालका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये सिभिल अस्पतालमा उपचाररत् ६ जनालाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले जनही १० हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको हो ।
गायक ढकालसहित ईश्वर मिश्र, ईशानजंग भट्टराई, स्वीकृति सापकोटा र इन्द्रराज भट्टराईले राहत संकलन गरेका हुन् । हालसम्म देश-विदेशबाट ‘गो फन्ड’ मार्फत १२ लाख संकलन भएको छ । त्यसमध्ये नेपालमा संकलित ३ लाख ५० हजारमध्ये ६० हजार रुपैयाँ सिभिल अस्पताल उपचाररत् ६ जना घाइतेलाई प्रदान गरिएको गायक ढकालले बताए । बाँकी रकम नेपालको खातामा जम्मा हुन बाँकी छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३१, २०८२ |
१६:४०:१८
2377


















