श्रीमानद्वारा श्रीमतीको हत्या
प्रकाशित मिति: बुधबार, आश्विन २२, २०८२ | ११:०७:१०
चितवन, २२ असोज । नुवाकोटको शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले घरायसी विवाद बढेपछि ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार मंगलबार साँझ उनले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमै मृत्यु भएको हो ।
आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन २२, २०८२ |
११:०७:१०
5633
















