जुम्लामा जंगली जडिबुटी खाँदा एक जनाको मृत्यु
प्रकाशित मिति: आइतबार, साउन ०३, २०८३ | १२:०८:२६
चितवन, ०३ साउन । जुम्लाको तातोपानी गाउँपालिका–१ मा जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन्।
प्रहरीका अनुसार सार्कीले आज बिहान करिब ३:१५ बजे ‘सतुवा’ नामको जंगली जडिबुटी खाएका थिए। त्यसलगत्तै उनी बिरामी परेपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : आइतबार, साउन ०३, २०८३ |
१२:०८:२६
199


















