चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत १ लाख घुससहित पक्राउ
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६ | १३:१९:०८
काठमाडौं,२० माघ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र सवारी चालक सञ्चित दुलाललाई १ लाख घुस लिएको रकमसहित नियन्त्रणमा लिएको छ।
आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार अधिकृत पौडेलले सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजित रकमबाट घुस लिएका थिए।
उजुरी परेपछि आयोगको टंगाल कार्यालयबाट गएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो। दुवै जना वलम्बु च्याउ सहकारी नजिकै अख्तियारको फन्दामा परेका हुन्। दुवैविरुद्ध अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : सोमबार, माघ २०, २०७६ |
१३:१९:०८
4885
















