खैरहनीमा दिनदहाडै लाखौंको चोरी
प्रकाशित मिति: सोमबार, फाल्गुण ०८, २०७९ | २०:४३:१२
चितवन , ८ फागुन ।
पूर्वीचितवनको खैरहनीमा दिनदहाडै लाखौ मूल्यको गहना चोरी भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ गणेश चोक नजिक एकघरबाट आज दिउँसो सुनको गहँनासँगै नगद समेत चोरी भएको हो ।
खैरहनी १ स्थित शारदा भुषालको घरमा आज दिउँसो चोरले करिब ८ तोला सुन र करिब ६० हजार रुपैयाँ नगद चोरी गरेको पिडित भुषालले बताइन् । लो बेडभित्र राखेको गरगहना चोरले लगेको भुषालले बताइन् । घरमा कोही नभएको मौका पारेर चोरले दिउँसो चोरी गरेको हो । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०८, २०७९ |
२०:४३:१२
6557
















