ललितपुरको नागबहालमा एक जर्मन महिला मृत फेला
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० | १२:२८:५५
काठमाडौँ । ललितपुरको नागबहालमा एक जर्मन नागरिक मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जनाएको छ । उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ । ती महिलाको सनाखत भने भएको छैन । महिलाको मृत्यु कसरी भयो भन्ने बारे अहिले थप विवरण खुलेको छैन् ।
प्रकाशित मिति : सोमबार, माघ १५, २०८० |
१२:२८:५५
6799
















