हङ्गेरी पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने पक्राउ
प्रकाशित मिति: शनिबार, फाल्गुण ०२, २०८२ | १७:३५:१६
चितवन, ०२ फाल्गुण। वैदेशिक रोजगारीका लागि हङ्गेरी पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा रकम ठगी गरेको आरोपमा ५६ वर्षीय महेश तामाङ पक्राउ परेका छन्।
दोलखाको कालिन्चोक गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले एक जना पीडितबाट तीन लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। पक्राउ परेका तामाङलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको जनाइएको छ।
प्रकाशित मिति : शनिबार, फाल्गुण ०२, २०८२ |
१७:३५:१६
463
















