रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदसँग छलफल गर्ने
प्रकाशित मिति: शुक्रबार, जेठ ०८, २०८३ | १०:१९:०८
चितवन, ०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन्।
काठमाडौँमा उपलब्ध प्रदेश सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलमा पार्टीको वर्तमान अवस्था, आगामी रणनीति तथा सांसदहरूको सुझावबारे संवाद हुने बताइएको छ।
पार्टी प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सुझाव र धारणा संकलन गर्ने उद्देश्यले सभापति लामिछानेले छलफल आयोजना गरेको जानकारी दिए।
कार्यक्रमअनुसार कोसी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तथा मधेस प्रदेशका सांसदहरूसँग दिउँसो साढे १ बजेदेखि साढे ३ बजेसम्म छलफल हुने छ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०८, २०८३ |
१०:१९:०८
287





















