पूर्वाधार विकासलाई राजनीतिक स्वार्थसँग नजोड्न सभामुख अर्यालको आग्रह
प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३ | १३:४३:३५
चितवन, ११ जेठ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
नागार्जुन नगरपालिकाले आयोजना गरेको वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सडक, खानेपानीजस्ता आधारभूत आवश्यकताका विषयमा समेत राजनीति गरिनु दुःखद भएको बताए ।
सभामुख अर्यालले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी रूपमा काम गरेको भए राजधानीमै अझै आधारभूत आवश्यकतामाथि बहस गर्नुपर्ने अवस्था नआउने उल्लेख गरे ।
उनले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूले पुराना गलत प्रवृत्ति नदोहोर्याई जनमुखी विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : सोमबार, जेठ ११, २०८३ |
१३:४३:३५
199






















