सुनसरीमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३ | १५:२५:५७
चितवन, २७ साउन । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया गुद्री देवी मेहताको मृत्यु भएको छ।
प्रहरीका अनुसार छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुलको बसले सडकछेउमा बसिरहेकी मेहतालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम, विराटनगर पुर्याएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस र चालक बर्जु गाउँपालिका–६ का २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, साउन २७, २०८३ |
१५:२५:५७
67



















