सरकारलाई काँग्रेसको प्रश्न : अझै साइत कुनै कि व्यापक परीक्षण गर्ने ?

सरकारलाई काँग्रेसको प्रश्न : अझै साइत कुनै कि व्यापक परीक्षण गर्ने ?

काठमाडौं,२२ चैत्र ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमणको व्यापक परीक्षणमा लाग्न सरकारलाई सुझाव दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारलाई प्रश्न गरेका छन्, “सरकार १ अझै साइत कुनै कि व्यापक परीक्षणमा लाग्ने ?”

उनले गम्भीरताको दोस्रो चरणमा पुगेको उल्लेख गर्दै परीक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन भन्दै सरकारलाई सुझाव दिएका छन् ।

उनले भनेका छन्, “बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गरौं र सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गरौं ।”