नक्कली नोटसहित एक जना पक्राउ
प्रकाशित मिति: सोमबार, पौष ११, २०७९ | १२:२२:५०
धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका-६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : सोमबार, पौष ११, २०७९ |
१२:२२:५०
8185
















