५० हजार घुससहित वडाध्यक्ष पक्राउ
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० | १९:२९:०५
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-५ का वडाध्यक्ष सब्दुल मियाँ ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोपमा पक्राउ गरेको हो।
घुस रकम लिए लगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार विद्यालयबाटै पक्राउ गरेको बताइएको छ।
प्रकाशित मिति : मंगलबार, जेठ २३, २०८० |
१९:२९:०५
2267