युक्रेनको संसदद्वारा परिचालन विधेयक खारेज
काठमाडौँ । युक्रेनको संसद्ले बिहीबार सांसद र जनताको कडा आलोचनाका कारण थप सैनिकहरू पठाउने उद्देश्यले संसद्मा पेश गरिएको विवादास्पद विधेयकमाथि छलफल गर्न अस्वीकार गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत महिना चेतावनी दिँदै सेनाले युक्रेनमा तैनाथ ६० लाख वा सो भन्दा बढी रूसी सैनिकहरू विरुद्ध लड्न थप ५ लाख मानिसहरूलाई परिचालन गर्न चाहेको बताउँदै सो विधेयक प्रस्तुत गरेका थिए । यता सत्तारुढ दलका नेता डेभिड अरखामियाले युक्रेनका सैन्य नेताहरूसँगको बन्द गोप्य बैठकपछि भने- ‘केही प्रावधानहरूले प्रत्यक्ष रूपमा मानवअधिकारको उल्लङ्घन गर्दछ ।
हामी सैनिक कमाण्डको अनुरोध बुझ्छौं र यसलाई पूरा गर्न तयार छौं। तर सबै नियमहरूलाई समर्थन गर्न सकिँदैन,’ उनले थपे । इयु समर्थक उदारवादी होलोस पार्टीका विपक्षी सांसद् यारोस्लाभ झेलेज्न्याकले युद्धमा थप जनपरिचालनसम्बन्धी विधेयकमा समर्थन नरहने आशय व्यक्त गरेका छन् । मस्कोले युद्धको फ्रन्टलाइनमा युक्रेन विरुद्ध तैनाथी बढाउने प्रयास गरिरहँदा युक्रेन पनि सैन्य परिचालन बढाउन इच्छुक छ ।
इयु समर्थक उदारवादी होलोस पार्टीका विपक्षी सांसद् यारोस्लाभ झेलेज्न्याकले युद्धमा थप जनपरिचालनसम्बन्धी विधेयकमा समर्थन नरहने आशय व्यक्त गरेका छन् । मस्कोले युद्धको फ्रन्टलाइनमा युक्रेन विरुद्ध तैनाथी बढाउने प्रयास गरिरहँदा युक्रेन पनि सैन्य परिचालन बढाउन इच्छुक छ ।