पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० | १४:४५:४३
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । मंगलबार रावलपिंडीको विशेष अदालतले यस्तो घोषणा गरेको हो । उनलाई राज्यको गोप्य कुरा चुहावट गरेको मुद्दामा यो सजाय भएको हो । अफिसियल सेक्रेट एक्ट अन्तर्गत स्थापित अदालतले पूर्वप्रधानमन्त्री खानलाई अमेरिकाका लागि पूर्व पाकिस्तानी राजदूतले पठाएको गोप्य केबलको दुरुपयोग गरेकोमा दोषी ठहर गरेको थियो ।
तर खानले भने बारम्बार आरोप अस्वीकार गर्दै आएका छन् । खान गत वर्ष अगस्टदेखि जेलमा छन् । उनीमाथि विभिन्न मुद्दाहरू चलिरहेका छन् । देशको प्रमुख प्रतिपक्षी रहेका खानविरुद्ध आम निर्वाचनको करिब एक साताअघि यस्ताे सजाय आएको हो ।
प्रकाशित मिति : मंगलबार, माघ १६, २०८० |
१४:४५:४३
6601
















