क्यानाडामा कार दुर्घटना : २ नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते
प्रकाशित मिति: बुधबार, फाल्गुण ०२, २०८० | १५:०९:१०
काठमाडौँ । क्यानाडाको ओन्टारियोमा विद्यार्थी सवार कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । मंगलबार साँझ भएको उक्त दुर्घटनामा परि अन्य ८ जना विद्यार्थी घाइते भएका छन् । मृतक र घाइतेको परचिय भने प्रहरीले सार्वजनिक गरेको छैन, मृतकमध्ये एक युवक र एक युवती रहेका प्रहरीले जनाएको छ ।
ओभरटेक गर्ने क्रममा तीनवटा कार आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनापछि कार चालक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिएर मात्रै आधिकारिक रुपमा मृतकको नाम सार्वजनिक गरिने प्रहरीले जनाएको छ । नियमति काममा जाँदै गरेका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेको हो ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०२, २०८० |
१५:०९:१०
6205

















