कपिलवस्तुमा विलबिजक नभएको २२६ बोरा डिएपी बरामद
प्रकाशित मिति: शुक्रबार, कार्तिक १४, २०८२ | २२:१६:३६
कपिलवस्तु , १४ कार्तिक । कपिलवस्तुको वाणगंगाबाट प्रहरीले २ सय २६ बोरा डिएपी मल बरामद गरेको छ । वाणगंगा नगरपालिका वडा नम्बर १० मेचखुरी बाट प्रहरीले आज बिलविजक नभएको करिव ४ लाख ४२ हजार ४ सय रुपैयाँ बराबरको डिएपी मल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएकोले प्रहरी टोलिले शान्तराम थारुकोबाट १ सय ५८ बोरा , दशरथ थारुकोबाट २१ बोरा, शिलाशान्ती कोहरकोबाट ३३ बोरा र सुलेमान मुसलमानकोबाट १४ बोरा गरि २ सय २६ बोरा डिएपि मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । नियन्त्रणमा लिएको रसायनिक मल थप अनुसन्धानको लागि राज्श्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताए ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०८२ |
२२:१६:३६
573























