प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र संसदमा उपस्थित हुने रास्वपाको जानकारी
प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३ | १८:०१:१५
चितवन, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र प्रतिनिधिसभामा उपस्थित हुने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले संसदमा देखिएको अवरोध संवाद र सैद्धान्तिक छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।
बुर्लाकोटीका अनुसार बैठकको विश्रामका क्रममा संसदमा रहेका विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकबीच छलफल भएको थियो। साथै, प्रधानमन्त्रीको सचिवालयसँग पनि यस विषयमा कुराकानी गरिएको उनले जानकारी दिए।
‘संसदमा वादविवादभन्दा पनि सैद्धान्तिक छलफलबाट निकास निकाल्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं। सम्माननीय प्रधानमन्त्रीज्यू संसदमा आउनुहुन्छ, सम्भवतः एक साताभित्रै उपस्थित हुने जानकारी सदनलाई गराउन चाहन्छु,’ उनले भने।
प्रकाशित मिति : मंगलबार, जेठ १२, २०८३ |
१८:०१:१५
221























