कैलालीकी पत्रकार निर्मला वनमा झुण्डिएको अवस्थामा भेटिइन्
प्रकाशित मिति: शुक्रबार, आश्विन ०२, २०७७ | १६:०९:०४
धनगढी ,२ असोज ।
तीन दिनदेखि सम्पर्कविहीन बनेकी कैलालीकी एक पत्रकार मृत फेला परेकी छन् ।
कैलालीको लम्कि स्थित कैलाली एफएममा कार्यरत २३ बर्षिया पत्रकार निर्मला पहराई आज मात्रै झुण्डिएको अवस्थामा लम्किचुहा नगरपालिका-५ स्थित फूलवारी सामुदायिक वनमा मृत भेटिएकी प्रहरीले जनाएको छ।
उनि भदौ ३१ गते सुख्खड जाने भनि हिडेकी परिवारजनले जनाएको छ। मृत अवस्थामा भेटिएकी पत्रकारको हत्या भएको आफन्तको आरोप छ।
ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाई थप अनुसन्धान भइरहेको बताए।
प्रकाशित मिति : शुक्रबार, आश्विन ०२, २०७७ |
१६:०९:०४
3917



















