पाकिस्तानमा डाँका र प्रहरीबीच झडप हुँदा छ जनाको मृत्यु
प्रकाशित मिति: आइतबार, मंसिर ०३, २०८० | १२:३४:४७
अन्तर्राष्ट्रिय | पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा शनिबार छ जना डाँकाको प्रहरी कारबाहीमा गोली लागि मृत्यु भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक चिकित्सकको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा उक्त समूहलाई कारबाही गरेको थियो ।
बन्धक बनाइएका चिकित्सकको परिवारमध्ये एक छोरी सावधानीपूर्वक छतमा पुगी प्रहरीलाई डाँका समूहबारे जानकारी गराउँदै सहयोगका लागि प्रहरीलाई फोन गर्न सफल भएकी र उनको सुराकीको आधारमा नै प्रहरीले डकैती गर्ने ती व्यक्तिहरूलाई कारबाही गरेको थियो । आक्रमणका क्रममा बन्धक बनाइएका सबै व्यक्ति सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ । मारिएका डाँकाहरूको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०३, २०८० |
१२:३४:४७
837